News Griha :: न्यूजगृह
रास्वपा संसदीय दलको बैठक आज

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

सो बैठकअघि बिहान साढे १० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो। प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:३१
Weather Update