प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगितआइतबार, जेठ २१, २०८०

प्रतिनिधि सभा बैठक अवरुद्ध, नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी आइतबार, जेठ २१, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा एमालेले बैठक अवरुद्ध गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा आइतबार, जेठ २१, २०८० वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका थिए।

विदेशीलाई खुशी पार्न नागरिकता विधेयकमा प्रमाणीकरण गरियो : प्रेम सुवाल आइतबार, जेठ २१, २०८० नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नागरिकता विधेयक विदेशीलाई खुशी पार्न प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।

एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने आइतबार, जेठ २१, २०८० एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज आइतबार, जेठ २१, २०८० प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् । सरकारले यही १२ जेठमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्व महान्यायाधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली बहसमा उत्रँदै आइतबार, जेठ २१, २०८० जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायाधिवक्ता थिए ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन आइतबार, जेठ २१, २०८० आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै नेमकिपाले जुलुस तथा धर्ना कार्यक्रम गरेको हो ।

नागरिकता विधेयकप्रति कांग्रेसको धारणा : 'राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो' शनिबार, जेठ २०, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक सङ्कट टारेको नेपाली कांग्रेसले बताएको छ ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताए ।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसद्मा जवाफ माग गर्ने शनिबार, जेठ २०, २०८० बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।
गेरु वस्त्र र रुद्राक्ष बारे प्रधानमन्त्रीको प्रष्टोक्ति : म जिन्दगी भर कमण्डलु बोकेर हिड्ने खालको मान्छे होइन् शनिबार, जेठ २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कतिपयले जिन्दगी भर गेरु वस्त्र लगाएर कमण्डलु लिएर हिँडोस् भन्ने सोचे पनि आफू त्यस्तो नभएको तर्क गरेका छन् ।
भारतसँगको सीमा समस्या समाधानका लागि गम्भीर कुराकानी भएको छ : प्रधानमन्त्री शनिबार, जेठ २०, २०८० चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सीमा समस्या समाधानका लागि भारत सरकार समेत गम्भिर भएको दाबी गरे ।
भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ २०, २०८० भारतको ४ दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको बताए ।









