प्रमाणीकरण
प्रतिनिधि सभा बैठक अवरुद्ध, नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी

काठमाडौं— नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा एमालेले बैठक अवरुद्ध गरेको हो ।
बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसद्ले अर्को विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:३९