एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागिएको हो ।
‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ । विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं,’ प्रमुख सचेतक गिरीले भने । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । तर निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन ।
यसअघि पशुपतिको जलहरीमा भएको भनिएको भ्रष्टाचारमा पार्टीअध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका सांसदले आरोप लगाएपछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ११:३७