
काठमाडौं— नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नागरिकता विधेयक विदेशीलाई खुशी पार्न प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा आइतबार काठमाडौंमा आयोजित जुलुस तथा धर्ना कार्यक्रममा उनले संसद्लाई छलेर यस्तो कार्य गरेको बताए ।
उनले भने ‘प्रधानमन्त्रीको सिफारिसमा नागरिकता विधेयक संसद्लाई छलेर राष्ट्रपतिलाई पेश गरे । राष्ट्रपतिलाई विधेयक पेश गर्ने अधिकार छैन् । संसद् र सभामुखलाई मात्र छ । यो विधेयक किर्ते र जालसाजी हो । नेपाली जनतालाई नागरिकता दिन हैन विदेशीलाई खुशी पार्न यो विधेयक प्रमाणीकरण गरिएको हो । प्रधानमन्त्री र राष्ट्रपतिलाई राजीनामा गराउनु पर्छ हैन भने संसदबाट अविश्वासको प्रस्ताव दर्ता हुन्छ । सडकमा नेपाली जनताको आन्दोलन जारी हुन्छ । ’
नेपालको भूभाग आफूहरूको लागि रगतको नक्सा जस्तो भएको र यस्तो कार्य गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश प्रति घात गरेको उनको भनाइ छ ।