गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज

काठमाडौं— गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् । सरकारले यही १२ जेठमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही १५ र १६ जेठमा बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले आगामी १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ११:०२