नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन

काठमाडौं— नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रर्दशन गरेको छ ।
आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै नेमकिपाले जुलुस तथा धर्ना कार्यक्रम गरेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १०:१२