News Griha :: न्यूजगृह
नेमकिपाले संसद् भवन अगाडि धर्ना दिँदै 

भक्तपुर— नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आइतबार काठमाडौंमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

बिहान ९ बजे कोटेश्वरबाट जुलुस निकालेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बोधन हुनेछ ।

१७ वैशाखमा बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछि निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०६:२४
Weather Update