समस्याको समाधान
नागरिकता विधेयकप्रति कांग्रेसको धारणा : 'राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो'

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक सङ्कट टारेको नेपाली कांग्रेसले बताएको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताए ।
कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद् र संविधानको सम्मान र संरक्षण गरेको पनि दाबी गरेको छ ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि लामो समयदेखि रहेको नागरिकता समस्याको समाधान भई लाखौ पीडित नागरिकको पीडामा मलम लगाउने काम भएको पनि कांग्रेसले बताएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० २१:२७