एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउनेशुक्रबार, भदौ २२, २०८०

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, भदौ २१, २०८० बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

अब कोशी प्रदेशमा मुख्यमन्त्री को ? बिहीबार, भदौ २१, २०८० संविधानले सभा अध्यक्ष निष्पक्ष रहनुपर्ने र सरकार बनाउन मत दिन नहुने व्याख्या गरेको भन्दै नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा थापा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त बिहीबार, भदौ २१, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।

नयाँ राजनीतिक पार्टीलाई संघर्ष थाहा छैन, अरूले ल्याइदिएको व्यवस्थामाथि नाच्न आए : राजेन्द्र श्रेष्ठ बिहीबार, भदौ २१, २०८० कार्यक्रममा उनले देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए ।

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग बिहीबार, भदौ २१, २०८० पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।

प्रधानमन्त्रीले सदनलाई महत्व नदिएको एमाले सांसद पन्तको आरोप बिहीबार, भदौ २१, २०८० नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्व नदिएको आरोप लगाएका छन् ।बिहीबारको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणबारे विभिन्न ठाउँमा भाषण गर्दै हिँडेको तर सदनमा कुनै पनि जानकारी नगराएको आरोप लगाए ।
महेन्द्र यादवमाथिको सांघातिक आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ बिहीबार, भदौ २१, २०८० पाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको...

सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन् बिहीबार, भदौ २१, २०८० बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवलशमशेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन,’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे ।

गृहमन्त्रीलाई गगनको प्रश्न— के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो ? बिहीबार, भदौ २१, २०८० प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौंमा आक्रमण भएको थियो । 'मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो...

कांग्रेस सहमहामन्त्री यादवमाथिको सांघातिक हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग बिहीबार, भदौ २१, २०८० नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथिको हमलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भत्सर्ना गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले कांग्रेसका सहमहामन्त्री माथिको हमलाको भत्सर्ना गर्दै घटनाको जिम्मा लिँदै प्रधानमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव बिहीबार, भदौ २१, २०८० अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शमशेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणमा जानु अघि प्रयाप्त छलफल गर्न सुझाव दिएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले गम्भीर भएर राष्ट्रिय चासोको विषयमा छलफलसहितको तयारी आवश्यक रहेको बताए ।
परराष्ट्र मन्त्री साउद भन्छन्— प्रधानमन्त्रीको चीन भ्रमणबारे एजेन्डा तय भइसकेको छैन बिहीबार, भदौ २१, २०८० उनले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए। 'सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर भ्रमणको एजेण्डाबारे छलफल भइरहेको छ,' मन्त्री साउदले भने, 'पूरै एजेण्डा फाइनल स्टेजमा पुगिसकेको छैन। स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्र, कोभिडका कारण व्यापार नाका र परम्परा सीमा नाका खोल्ने विषयमा...