नयाँ राजनीतिक पार्टीलाई संघर्ष थाहा छैन, अरूले ल्याइदिएको व्यवस्थामाथि नाच्न आए : राजेन्द्र श्रेष्ठ

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार ललितपुरमा आयोजित समाजवादी महिला संगठनको बाग्मती प्रदेश समिति पुनर्गठन कार्यक्रममा नयाँ आएका कतिपय राजनीतिक दलहरु अहिलेको व्यवस्थामा नाच्न आएको आरोप लगाएका छन् ।
कार्यक्रममा उनले देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए ।
श्रेष्ठले संघीयतापछि आएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत जस्ता नयाँ राजनीतिक दललाई संघर्ष थाहा नभएको र यो व्यवस्थामाथि नाच्न आएको आरोप लगाए ।
उनले भने,‘नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति, जनमत जस्ता पार्टीहरू अरुले मञ्च बनाइसकेपछि नाच्न आएका हुन् । आफैंले मञ्च बनाउनु पर्दाको पीडाको उनीहरूलाई अनुभव छैन ।’
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १७:०३