News Griha :: न्यूजगृह
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः  प्रधानमन्त्री दाहाल
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः  प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् । शनिबार गोरखाको अजिरकोट गाउँपालिका पुगेका उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए ।
स्थायित्वको लागि कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन
स्थायित्वको लागि कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् । शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने  बताए । उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल...
कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल 
कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन् ।शनिबार एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे । 
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग 
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग  मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरूपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन...
सुदन किरातीको प्रस्ताव— राष्ट्रिय सहमतिको सरकार गठन गरौँ
सुदन किरातीको प्रस्ताव— राष्ट्रिय सहमतिको सरकार गठन गरौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ, सर्वदलीय सरकार निर्माणमा पहल गर्छु : नवनियुक्त मुख्यमन्त्री कार्की
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ, सर्वदलीय सरकार निर्माणमा पहल गर्छु : नवनियुक्त मुख्यमन्त्री कार्की कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
हिक्मत कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ, एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त
हिक्मत कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ, एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित पर्सि आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको हो । सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
एमाले भक्तपुरका १५ सय सङ्गठित सदस्यले लिए शपथ 
एमाले भक्तपुरका १५ सय सङ्गठित सदस्यले लिए शपथ  नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सङ्गठित सदस्यले सपथ ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरमा पार्टीले आयोजना गरेका सपथ ग्रहण कार्यक्रममा करिब एक हजार पाँच सय सङ्गठित सदस्यले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले एमाले सरकारबाट बाहिर भएको कारण राष्ट्रिय गौरवका...
ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी
ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छन्।
Weather Update