कोशीमा नयाँ सरकार
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता
हिक्मत कार्की नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । उनले सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।
एमालेले ऊर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वनमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधारमन्त्रीमा एकराज कार्कीलाई पठाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा सृजना राईलाई पठाउने निर्णय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १८:२६