News Griha :: न्यूजगृह
ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी

काठमाडौं—  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग  समसामयिक विषयहरूमा छलफल भएको बताएकी छन्। उनी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:३२
Weather Update