कोशीबाट सहमतिको सरकारको ढोका खुलेको दाबी
सुदन किरातीको प्रस्ताव— राष्ट्रिय सहमतिको सरकार गठन गरौँ

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।
पर्यटन यातायत व्यावसायी संघको २०औँ साधरणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए ।
मन्त्री किरातीले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको बताए ।
पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी ६ प्रदेशसँगै केन्द्रमा पनि सर्वदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० ०६:०४