राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं— राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पर्सि आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।
राष्ट्रिय सभामा ३ वटा विधेयक विचाराधीन छन् । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन सभामा पेश भइसकेको छ । विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १५:११