News Griha :: न्यूजगृह
अब कोशी प्रदेशमा मुख्यमन्त्री को ?
हिक्मत कार्की

काठमाडौं— सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेपछि नयाँ मुख्यमन्त्री को बन्ला भन्ने चासो छ ।

बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको हो । थापा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत हुन् । उनी दोस्रोपटक पनि प्रदेश सभा अध्यक्ष, सभामुखसमेतको मत लिएर मुख्यमन्त्री बनेका थिए ।

संविधानले सभा अध्यक्ष निष्पक्ष रहनुपर्ने र सरकार बनाउन मत दिन नहुने व्याख्या गरेको भन्दै नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा थापा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापालाई पदमुक्त गरी संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै कोशीका मुख्यमन्त्री कार्की बन्ने छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:२६
Weather Update