News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै मन्त्रिपरिषद्को बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृतः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची?
प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची? आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 
डा. ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार
डा. ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही हुने बताएका छन् । 
नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए । 
संविधान पूर्णरुपमा कार्यान्वयन गराउन नेम्वाङको अभाव खड्किने छ : सांसद पौडेल
संविधान पूर्णरुपमा कार्यान्वयन गराउन नेम्वाङको अभाव खड्किने छ : सांसद पौडेल बिहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले शान्ति प्रकृयाको विषय अझै नटुङ्गिएको र संविधान पनि पूर्ण रुपमा कार्यान्वयन भइनसकेको अवस्थामा नेम्वाङको भूमिका खड्किने बताएका हुन् । 
सुवास नेम्वाङको अभावमा राजनीतिमा अप्ठ्यारा आउन सक्छन् : रास्वपा सांसद परियार
सुवास नेम्वाङको अभावमा राजनीतिमा अप्ठ्यारा आउन सक्छन् : रास्वपा सांसद परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठ्यारा आउन सक्ने बताएका छन् ।
नेकपा एसले गर्‍यो जिम्मेवारी बाँडफाँट, विदेश विभाग प्रमुखमा झलनाथ
नेकपा एसले गर्‍यो जिम्मेवारी बाँडफाँट, विदेश विभाग प्रमुखमा झलनाथ नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो ।
सुवास नेम्वाङको निधनले कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति : एमाले अनुशासन आयोग
सुवास नेम्वाङको निधनले कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति : एमाले अनुशासन आयोग नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधान सभाका अध्यक्ष एवम् सो पार्टीका उपाध्यक्ष  सुवास नेम्वाङको निधनबाट नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ । 
एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१  जना मनोनीत  [नामसहित]
एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१  जना मनोनीत  [नामसहित] नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत भएका छन् । एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ ।
दुवै सदनको बैठक बस्दै
दुवै सदनको बैठक बस्दै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको छ भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बोलाइएको छ । दुवै सदनको बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गर्नेछ । 
अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ : महामन्त्री शर्मा
अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् । देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।
Weather Update