News Griha :: न्यूजगृह
दुवै सदनको बैठक बस्दै

काठमाडौं—  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

मंगलबार निधन भएका संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको छ भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बोलाइएको छ । दुवै सदनको बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गर्नेछ । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:२७
Weather Update