डा. ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही हुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारितपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा श्रेष्ठ माथि गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताएका हुन् ।
‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं । पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे पार्टीले गम्भीर रुपमा लिएको छ’ उनले भने, ‘अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आए पनि अनुसन्धान रोकिने छैन ।’
रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्य मोहनजंग थापाको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १८:४५