![एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत [नामसहित]](https://newsgriha.com/uploads/posts/samajbadi-madhav-nepal1692499367.jpg)
काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत भएका छन् । एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ ।
तीमध्ये केही केन्द्रीय सदस्यहरूको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त रहेको २१ जना पदमा सदस्य मनोनीत गरिएको हो ।
मनोनीत हुनेहरूमा सुदेश पराजुली काठमाडौं, अजबहादुर मल्ल, बाजुरा,ओमचरण अमात्य, भक्ततपुर, गौतम राई, काठमाडौं, गोविन्द चेपाङ,मकवानपुर, चन्द्रा श्रेष्ठ, झाप, चिरञ्जीवी भट्टराई, सुनसरी, जयप्रकाश यादव, बारा, दिपक केसी, काठमाडौं रहेका छन् ।
त्यसैगरी धनबहादुर कार्की, रामेछाप, धर्म शाही, मुगु, नन्द बञ्जाडे, काठमाडौं, बरुनाथ योगी, दैलेख, बैकुण्ठ भुसाल, पर्वत, भक्तिमान सुब्बा, पाँचथर, मिना लामा, मकवानपुर, रामप्रसाद ढुंगाना, काठमाडौं, लंक हमाल, कपिलवस्तु, शालिकराम भट्टराई, नवलपरासी पूर्व,शिवकुमारी खनाल, काठमाडौं, शैलेन्द्र उपाध्याय, रूपन्देही
रहेका छन् ।