News Griha :: न्यूजगृह
नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं—  नेकपा एमालेले संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए । 

उनले देश, जनता र पार्टीप्रति गरेको त्याग कहिले नभुल्ने र यो नेम्वाङको निधन सबैको लागि ठूलो क्षति भएको बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:३८
Weather Update