
परिणाममुखी कामका लागि जोखिम मोल्न तयार हुनुपर्छ : प्रधानमन्त्री दाहाल बुधबार, भदौ २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेशअनुसार जोखिम उठाउन आवश्यक भएको बताए ।

ठुला पार्टीबीच देश लुटिरहने सहमति भएको छ : राप्रपा अध्यक्ष लिङ्देन बुधबार, भदौ २७, २०८० बुधबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका केन्द्रीत विरोध सभा कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र अनुसन्धान भएको भए झन् ठुला ठुला मानिस पर्छन् भनेर सामसुम गरेको आरोप लगाए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेका लागि सर्यो बुधबार, भदौ २७, २०८० नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते दिउँसो १ बजेका लागि सरेको छ । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि बैठक सरेको जानकारी दिएका छन् ।

मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान बुधबार, भदौ २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ । पार्टीबाट बर्खास्तमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए ।

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले भन्यो— मन्त्री बनाउन पैसा मागेको प्रमाण दिनुस्, ७२ घण्टाभित्र कारबाही गर्छौं बुधबार, भदौ २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.ढाकाकुमार श्रेष्ठले वा अरू कसैले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको प्रमाण दिए ७२ घण्टाभित्र कारबाही गर्ने बताएको छ ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य बुधबार, भदौ २७, २०८० लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने बुधबार, भदौ २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौ हत्याको विरोधसहित बुधबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार मंगलबार, भदौ २६, २०८० इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस मंगलबार, भदौ २६, २०८० मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित मंगलबार, भदौ २६, २०८० संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार एक सूचना जारी गरि बैठक स्थगन भएको बताएका छन् । सभामुख देवराज घिमिरेले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे बैठक बोलाएका छन् ।

एमाले सचिवालय बैठक बस्दै मंगलबार, भदौ २६, २०८० नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

समाजवादी मोर्चाको सुदूरपश्चिम सन्देश सभा स्थगित मंगलबार, भदौ २६, २०८० सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।