News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

दाङ—  लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेको प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यको जानकारीका लागि प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:४५
Weather Update