News Griha :: न्यूजगृह
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा

कास्की— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।

थापाले कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताए ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उनले भ्रष्टाचारमा लाग्ने आफ्नै नेताकार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले बीपीको सिद्धान्तलाई अंगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:४७
Weather Update