राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौ हत्याको विरोधसहित बुधबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
राप्रपा पार्टी कार्यालयका अनुसार मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।
राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० ०८:४१