प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित

काठमाडौं— संविधान सभाका अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण भोलि बुधबार दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठक स्थगन भएको छ ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार एक सूचना जारी गरि बैठक स्थगन भएको बताएका छन् । सभामुख देवराज घिमिरेले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे बैठक बोलाएका छन् ।
मंगलबारका लागि निर्धारण भएको प्रतिनिधि सभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १७:३३