एमाले सचिवालय बैठक बस्दै

काठमाडौं— नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
मंगलबार बिहान नेता नेम्वाङको हृदयघातबाट निधन भएको थियो । उनको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि लगिदै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०९:०४