News Griha :: न्यूजगृह
बाग्मती प्रदेश सभाको बैठक सर्‍यो

मकवानपुर— बाग्मती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ बजे बस्ने छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:४२
Weather Update