News Griha :: न्यूजगृह
नेकपा एसले गर्‍यो जिम्मेवारी बाँडफाँट, विदेश विभाग प्रमुखमा झलनाथ

काठमाडौं— नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो ।

सम्मानित नेता झलनाथ खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । संगठन विभाग प्रमुखमा डा.बेदुराम भुसाल र संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ ।

एसले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटिका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरेको छ ।

माधव नेपालले पार्टीको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले सांगठनिक कार्यको अनुगमन गर्ने गरी नेकपा एसले पार्टीका नेता तथा सदस्यहरुको कार्यविभाजन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:१६
Weather Update