News Griha :: न्यूजगृह
अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ : महामन्त्री शर्मा

सिन्धुली— नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् ।

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले बुधबार सिन्धुलीमाडीमा आयोजना गरेको ‘बीपीको प्रजातान्त्रिक समाजवाद : अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए ।

‘कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । कांग्रेस नवीन ढंगले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ’, उनले भने ।

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:३५
Weather Update