News Griha :: न्यूजगृह
नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै
नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै नेकपा एमालेले मंगलबार दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ ।एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
शेखर समूहको बैठक आज, गुट बाहिरका शर्मा र पौडेललाई पनि बोलाइयो
शेखर समूहको बैठक आज, गुट बाहिरका शर्मा र पौडेललाई पनि बोलाइयो बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।
अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो : प्रधानमन्त्री दाहाल
अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो : प्रधानमन्त्री दाहाल दिगो विकास लक्ष्य प्राप्त गर्नु नेपालको पनि उच्च प्राथमिकताको विषय भएको र नेपालका नीति तथा योजनामा दिगो विकास लक्ष्य हासिल गर्नेगरी लक्ष्य तथा उद्देश्य निर्धारण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै नेपालले सन् २०२६ सम्ममा स्तरोन्नति भइसक्ने गरी काम गरिरहेको दाहालले बताए । अल्पविकसित देशहरू आन्तरिक स्रोत परिचालन गर्ने...
उपराष्ट्रपति यादवसँग  चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग  चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
संविधान दिवसमा एमालेले 'रातो र चन्द्र सूर्यसँग सेल्फी' कार्यक्रम गर्ने
संविधान दिवसमा एमालेले 'रातो र चन्द्र सूर्यसँग सेल्फी' कार्यक्रम गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडिओ सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।
पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार
पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।
आजको युगमा पनि खानकै लागि संघर्ष गर्नु लज्जास्पद : अध्यक्ष ओली    
आजको युगमा पनि खानकै लागि संघर्ष गर्नु लज्जास्पद : अध्यक्ष ओली     सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजमर्दो विषय भएको बताएका छन् । 
शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक, महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई पनि निम्तो 
शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक, महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई पनि निम्तो  कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
माधव नेपाल भन्छन्— एमसीसी अस्वीकार गरे हामीलाई सरकारबाट फाल्दिन्छन् 
माधव नेपाल भन्छन्— एमसीसी अस्वीकार गरे हामीलाई सरकारबाट फाल्दिन्छन्  उनले एमसीसीलगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए । उनले भने,‘केही केही मानिसहरू एमसीसीलाई अस्वीकार गर्नुपथ्र्यो भन्छन् । अरु केही होइन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हावी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी...
प्रधानमन्त्री दाहाल र  संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र  संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेकका थिए । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच  संयुक्त राष्ट्रसङ्घको मुख्यकार्यालयमा आइतबार भेटवार्ता भएको हो  । 
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका पुगेका छन् । प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रतिपक्षले राम्रा कामको गलत प्रचार गर्‍यो : वर्षमान पुन 
प्रतिपक्षले राम्रा कामको गलत प्रचार गर्‍यो : वर्षमान पुन  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विपक्षले माओवादीले गरेका सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् । 
Weather Update