प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेटबुधबार, असोज ३, २०८०

संविधान जारी भएको ८ वर्ष पूरा, मनाईँदै संविधान दिवस बुधबार, असोज ३, २०८० देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको भेटवार्ता मंगलबार, असोज २, २०८० मंगलबार रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो द्विपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सरकारको काम चित्तबुझ्दो नभएको कांग्रेस संस्थापन इतर समूहको निष्कर्ष मंगलबार, असोज २, २०८० फरक प्रसङ्गमा नेता बडुले संसद् भित्रको विषय र वर्तमान सरकारको कामप्रति सन्तोष गर्नसक्ने स्थिति नभएको र सरकारको प्रभावकारिता कमजोर बनेको प्रति कुरा उठेको बताए । बैठकमा कांग्रेस एक्लै आगामी चुनाव लडेर बहुमत ल्याउने गरी तयारीमा लाग्नुपर्ने विषयमा समेत कुरा भएको उनले बताए ।

सुहाङ नेम्वाङ नेम्वाङका कान्छा छोरा सुहाङ भन्छन्— बुबाका सपना पूरा गर्न लाग्ने छु मंगलबार, असोज २, २०८० बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए ।

राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल मंगलबार, असोज २, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले सो कुरा बताएका हुन् ।

कसैको दबाबमा हामीले संविधान संशोधन गर्नुहुँदैन : एमाले अध्यक्ष ओली मंगलबार, असोज २, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिन नहुने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।

केपी ओलीले सुवास नेम्वाङ सम्झिँदै भने— कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो मंगलबार, असोज २, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् ।मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा ओलीले सुवासलाई आत्मकेन्द्रीत...

नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : निलाम्बर आचार्य मंगलबार, असोज २, २०८० भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवास नेम्वाङ सधैं बाँचिरहने बताएका छन् ।

शंकर पोखरेल भन्छन्— सुवासको अभाव खड्किरहेको छ मंगलबार, असोज २, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रिय राजनीतिमा उनको अभाव खड्किएको बताएका छन् ।

‘कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्छ’ मंगलबार, असोज २, २०८० नेपाली कांग्रेस चितवनले मंगलबार आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवम् संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।

गणेशमानको स्मृति दिवसमा प्रकाशमानले भने— बुबाले विधिको शासन हुनुपर्छ भन्नुहुन्थ्यो मंगलबार, असोज २, २०८० नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताए ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, असोज २, २०८० ‘हामीहरू सन् २०२६ सम्ममा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुन र दिगोरूपमा अगाडि बढ्ने योजनामा रहेका छौं। साथै नेपाल पेरिस सम्झौतालाई हासिल गर्न र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको छ । हाम्रो राष्ट्रिय कार्ययोजनालाई मूर्तरूप दिन विकास साझेदारहरूलाई निरन्तर सहकार्यको लागि अपिल पनि गर्छौ,’ उनले...