News Griha :: न्यूजगृह
गणेशमानको स्मृति दिवसमा प्रकाशमानले भने— बुबाले विधिको शासन हुनुपर्छ भन्नुहुन्थ्यो

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने बताएका  छन् ।

मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताए ।

‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जिविकोपार्जनको लागि सहज हुनुपर्यो । यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनुपर्छ ।’

गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लैजानुपर्ने उनको भनाइ छ ।

उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरे । अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लैजानुपर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:००
Weather Update