
चितवन— नेपाली कांग्रेस चितवनले मंगलबार आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवम् संविधान दिवस—२०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वक्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उनहरुको जोड थियो ।कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिइन् ।
जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि कांग्रेस सधैं एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्व.गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा.ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताइन् । सिंहले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको पनि उनले चर्चा गरिन् ।