News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुहाङ नेम्वाङ नेम्वाङका कान्छा छोरा सुहाङ भन्छन्— बुबाका सपना पूरा गर्न लाग्ने छु   

इलाम— दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । 

गृहजिल्लामा नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा मङ्गलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् ।

Prabhu Bank

बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए । 

पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान् राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए । 

नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन हुने छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १८:०७
Weather Update