प्रतिपक्षले राम्रा कामको गलत प्रचार गर्यो : वर्षमान पुन

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विपक्षले माओवादीले गरेका सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिको चौथो सम्मेलनमा उनले विपक्षीले राम्रा कामलाई गलत अर्थ लगाएर सानो सानो कुरालाई पनि समस्याको रुपमा खडा गर्ने गरेको आरोप लगाए ।
‘विपक्षले हाम्रा उपलब्धिहरू कमजोर गर्ने, हाम्रो राजनीति, हाम्रो परिवर्तन, हाम्रो त्याग बलिदानलाई कमजोर बनाउने र भ्रमित पार्ने काम गरिरहेको हुन्छ । राम्रा कामको गलत प्रचार गरेको छ,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १७:१०