News Griha :: न्यूजगृह
उपराष्ट्रपति यादवसँग  चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं—  नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए ।

    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:२०
Weather Update