News Griha :: न्यूजगृह
आजको युगमा पनि खानकै लागि संघर्ष गर्नु लज्जास्पद : अध्यक्ष ओली    

काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको युगमा पनि खानकै लागि संघर्ष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजमर्दो विषय भएको बताएका छन् । 

ओलीले मानिसकै गलत प्रवृत्तिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संघर्ष गर्नुपर्ने स्थिति लज्जास्पद भएको बताए । 

त्यस्तै पर्याप्त सम्भावना भएर पनि  विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको  ओलीले टिप्पणी गरे । 

उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढि हुने बताए । कृषिको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाई छ । 

ओलीले भने, ‘अहिले उद्योगहरूले विद्युत पाएको छैन् । सव स्टेसन छैन् त्यसकारण विद्युत सप्लाइ गर्न सकिएको छैन । उद्योगहरूले अहिले पनि मागिरहेका छन् । हामीलाई चाहिदो विद्युत उत्पादन भएको छैन् । पुग्दो उत्पादन भएपनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन् । ’

अर्को प्रसङ्गमा उनले नेपाल मासुमा आत्मनिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भइरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मनिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आईरहेका छन् । आत्मनिर्भर छ भने खसी बोका कहाँ जान्छ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौं भनेको छ ।  मुस्ताङबाट च्याङ्ग्रा पोखराबाट यता आउँदैनन् । ’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:००
Weather Update