News Griha :: न्यूजगृह
पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

काठमाडौं— नेकपा माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

गत भदौ २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरूसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि माओवादी नाम फेरेरै अघि बढ्न लागेको हो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:५४
Weather Update