News Griha :: न्यूजगृह
संविधान दिवसमा एमालेले 'रातो र चन्द्र सूर्यसँग सेल्फी' कार्यक्रम गर्ने

काठमाडौं— एमालेले यस वर्षको संविधान दिवसको अवसरमा 'रातो र चन्द्र सूर्यसँग सेल्फी' कार्यक्रम गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडिओ सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

'हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेशनल वाक गरौँ । सेल्फी विथ नेशनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु होला,' ओलीले भनेका छन्, 'जनस्तरबाटै भव्य स्तरमा मनाऔं।' 

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा मर्निङ वाक गरेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:०९
nepali_patro_2nepali_patro_2
Weather Update