News Griha :: न्यूजगृह
माधव नेपाल भन्छन्— एमसीसी अस्वीकार गरे हामीलाई सरकारबाट फाल्दिन्छन् 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध तथा अस्वीकार गरे आफूहरूलाई सरकारबाट फाल्दिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७औं स्थापना दिवसमा उनले एमसीसीको विरोध गरे अन्य सत्ताघटक दलले आफूहरूलाई सरकारबाट फाल्दिने बताएका हुन् ।

उनले एमसीसीलगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए । उनले भने,‘केही केही मानिसहरू एमसीसीलाई अस्वीकार गर्नुपथ्र्यो भन्छन् । अरु केही होइन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हावी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गतिविधिप्रति सधैं सचेत छौं । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौं ।’

अध्यक्ष नेपालले विदेशी शक्तिका स्वार्थ नेपालमा रहेको उल्लेख गर्दै त्यसप्रति सबै सर्तक हुन आवश्यक भएको बताए ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:१६
nepali_patro_2nepali_patro_2
Weather Update