News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं— मन्त्रिपरिषद्को बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जानुअघि सो भ्रमणका एजेन्डा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:३१
Weather Update