News Griha :: न्यूजगृह
सुवास नेम्वाङको अभावमा राजनीतिमा अप्ठ्यारा आउन सक्छन् : रास्वपा सांसद परियार

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठ्यारा आउन सक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएपछि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताए ।

उनले भने, ‘हामी राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा थियौं । अस्ति भरखरै मात्र उहाँले हामीलाई केही जिम्मेवारी दिनु भएको थियो । हामी काम गर्दै थियौं । काम लगभग टुङ्ग्याउनै लागेका थिायौं तर उहाँको निधनले नराम्रो बनायो । उहाँको अभावमा ती मुद्दाहरु टुङ्ग्याउन केही अप्ठ्याराहरु आउन सक्छ ।’

उनले नेपालको राजनीतिमा सहमति, समन्वय र कार्यान्वयन गर्न सक्ने कुशल थोरै नेतामध्ये नेम्वाङ एक भएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:२९
Weather Update