News Griha :: न्यूजगृह
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्ण सिटौला विजयी
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्ण सिटौला विजयी स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले माओवादीकी चम्पा कार्कीलाई हराएकी छन् ।
राष्ट्रिय सभा निर्वाचन  मधेस प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’
राष्ट्रिय सभा निर्वाचन  मधेस प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेसमा खाली दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७...
कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’
कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’ कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।
बालेनले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार, गएनन् मतदान गर्न 
बालेनले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार, गएनन् मतदान गर्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने भएका छन् । मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने ।
राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो
राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो निर्वाचन आयोगले बिहीबार साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ ।
मतदान गर्न विराटनगर आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, भेन्टिलेटरमा उपचार हुँदै
मतदान गर्न विराटनगर आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, भेन्टिलेटरमा उपचार हुँदै राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारू बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । 
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु बिहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 
राष्ट्रिय सभा निर्वाचन आज, बेलुका ७ बजेसम्म मतपरिणाम आइसक्ने
राष्ट्रिय सभा निर्वाचन आज, बेलुका ७ बजेसम्म मतपरिणाम आइसक्ने आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
राष्ट्रपतिले गरे संसद् बैठक आह्वान
राष्ट्रपतिले गरे संसद् बैठक आह्वान मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरे अनुसार उनले माघ २२  गत  दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।
मधेस सरकारबाट बाहिरियो जनमत, जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता
मधेस सरकारबाट बाहिरियो जनमत, जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद...
माघ २२ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस
माघ २२ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ मा राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : कोइराला
गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् । 
Weather Update