राष्ट्रिय सभा निर्वाचन मधेस प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’
-1706184319.jpeg)
काठमाडौं— राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेसमा खाली दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् ।
एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेसमा कुल मतभार १० हजार ८ सय ३९ छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १७:५०