राष्ट्रिय सभा निर्वाचन
मतदान गर्न विराटनगर आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं— राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारू बेहोस भएका छन् ।
उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारू बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए ।
होटलमा खाना खाने बेलामा थारू बेहोस भएपछि उपचारका लागि सुरुमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो ।
भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारूको उपचार भइरहेको अस्पतालले बताएको छ । अध्यक्ष थारू अचेत अवस्था मै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १०:४२