News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो

काठमाडौं— निर्वाचन आयोगले बिहीबार साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ ।

हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए । ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११:३०) करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो ।’ 

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए । 

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भने । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:०४
Weather Update