मानव अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारीमंगलबार, माघ ९, २०८०

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता मंगलबार, माघ ९, २०८० मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकोले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

कांग्रेस नेतृ द्रौपदा पोखरेलको निधन मंगलबार, माघ ९, २०८० नेपाली कांग्रेसका नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

एमालेले सरकारलाई बुझायो ७५१ बुँदामा जनताको नासो मंगलबार, माघ ९, २०८० ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनको ‘मौन अवधि’ सुरु मंगलबार, माघ ९, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधिं) लागू भएको भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि लागुभएको हो । मौन अवधिमा आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन ।यो अवधिमा उमेदवारका पक्षविपक्षमा प्रचार गर्न पाइँदैन ।

कृष्ण सिटौला हराउन एमाले र राप्रपाबीच कोशी प्रदेशमा चुनावी तालमेल सोमबार, माघ ८, २०८० राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरूबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण...

रवि लामिछानेको प्रश्न- मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक? सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरूले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे ।

रवि लामिछानेको सफ्ट प्रेस मिट, सम्भव सिरोहिया लगायतसँग मागे माफी सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशवश 'पर्सनल अट्याक' गर्न पुगेको बताएका छन् । नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए ।
![ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन [पत्रसहित]](https://newsgriha.com/uploads/posts/520X390/Rabi1690788287.png)
ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन [पत्रसहित] सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लिप’सहित रविले अनधिकृतरूपमा पैसा लिएको समाचार लेखेको थियो ।

रवि लामिछानेको दाबी– डिपोजिट स्लिप आयो, तर खातामा १ करोड ८० लाख आएन सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् । सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका...

राष्ट्रिय सभा निर्वाचन : सोमबार राति १२ बजेपछि प्रचार प्रसार निषेध सोमबार, माघ ८, २०८० यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने ब्यवस्था मिलाइएको जनाएको छ ।

सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने सोमबार, माघ ८, २०८० ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समाचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

आन्दोलनकारीलाई ढाडस दिँदै कांग्रेस नेता कोइराला भने— पहिचानकै पक्षमा छु आइतबार, माघ ७, २०८० यसअघि सार्वजनिक कार्यक्रमहरूमा पहिचानको पक्षमा रहेको बताउँदै आएका उनले आइतबार पहिचानवादी सङ्गठनका प्रतिनिधिसँगको भेटमा आफू पहिचानको पक्षमा भएको सन्देश दिएका हुन् । प्रदेशको पुनः नामकरण गरिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर प्रतिनिधिहरू र उनीबीच कोइराला निवासमा भेटवार्ता भएको थियो ।