कांग्रेस नेतृ द्रौपदा पोखरेलको निधन

काठमाडौं— नेपाली कांग्रेसका नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिए । द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल पनि उनका छोरा हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १०:२९